महानगरका चालक छुटेपछि बालेनकाे चेतावनी–बुझेर कदम चाल्नु होला, अनाहकमा अपमान सहँदैनौं

काठमाडौँ । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिंदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् ।

बुझेर कदम चाल्न चेतावनी दिदै बालेनले पदमा तलमाथि र भूमिकामा तलमाथि भए पनि महानगरका कर्मचारीको आत्मसम्मानमा संवेदनशील रहेको बताएका छन् ।

उनले भनेका छन्–
फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला–पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारीको अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला । यसअघि उनले फेसबुकबाटै भ्रष्टलाई समाउन नसक्ने सरकारले चालक समाएको भन्दै नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×