पूजाले व्यावसायिक धर्म निर्वाह नगरेको आरोप

काठमाडौँ - अभिनेत्री पूजा शर्माको स्टारडममा प्रश्न उठिरहेको छ। उनले लिने पारिश्रमिकको व्यावसायिक सुनिश्चितता उनले गरेकी छिन् त? यहि प्रश्नकै बीच पूजाले व्यावसायिक धर्म समेत निर्वाह नगरेको आरोप लागेको छ।

फिल्म ‘सम्झना बिर्सना’ को निर्देशक निमेष प्रधानले फिल्मलाई पूजाले साथ नदिएको आरोप लगाएका हुन्। फिल्मको अघिल्लो डेट सार्ने देखि नयाँ गीत थप्नेमा समेत पूजाको सहभागिता नरहेको बताउदै उनले प्रचारमा समेत साथ नदिएको आरोप लगाएका छन्। फिल्म हलमा ‘सम्झना बिर्सना’ मुस्किलले चलिरहेको समयमा पूजा भने अष्ट्रेलिया उडेकी छिन्।

पूजाकै निर्माण तथा अभिनय रहेको फिल्म ‘राम कहानी’ को समयमा २ पटकसम्म भिसा रिजेक्ट भएको र यसपटक ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा सहभागी हुन् जाने सवालमा ढिला भिसा आएपछि उनी अष्ट्रेलिया पुगेकी हुन। फिल्म चलाउन दार्जिलिङबाट काठमाडौं आइपुगेका निर्देशक प्रधानले भने, ‘आउँछु दाइ भनेर हिँडेको मान्छे फोन गर्दा एयरपोर्ट पुगेको छु भन्ने खबर आयो।’

आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको उनले गुनासो गरेका छन्। फिल्मका लागि पूजाले २० लाखको हाराहारीमा पारिश्रमिक बुझेकी थिइन्। तर, आकाश सँगको उनको सम्बन्धको कारण फिल्मको प्रचारमा उनले साथ दिइनन्। प्रदर्शनकै साता पनि उनी म्युजिक भिडियोमा छायांकनमा थिइन्।

कलाकारले प्रचारप्रसारमा साथ नदिँदा निर्माताको यस्तो गुनासो पहिलो पटक चाहिँ होइन। तर , भने जति पारिश्रमिक दिएर पूजाकै आग्रहमा गीत थप्दा , डेट सार्दा समेत फिल्मको प्रचारमा भने जस्तो साथ नपाएपछि दार्जिलिङमा रहेर नेपाली फिल्म निर्माणमा सक्रियता बढाउन तयार निर्माण पक्ष निराश बनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×