समाजसेवी सावित्री जङ्गम थापाको जीवनीमा आधारित 'सार्थक जीवन' पुस्तक लाेकार्पण

काठमाडाैं । लामो समयदेखि समाज सेवामा सक्रिय रहेकी सावित्री जङ्गम थापाको जीवनीमा आधारित सार्थक जीवन नामक पुस्तक लोकार्पण गरिएको छ ।

जनविचार पब्लिकेशन एण्ड रिसर्च सेन्टरले प्रकाशन गरेको पुस्तक सार्थक जीवनको लोकार्पणमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सावित्रीको साहसिक कदमको प्रशंसा गरिन् ।

विसं २०२० सालमा राजनीतिशास्त्रमा एमए उतिर्ण गर्नुभएकी थापाले समाजमा सकारत्मक सोच ल्याउन गरेको योगदान प्रशंसनीय रहेको उपाध्यक्ष शाक्यले बताइन् । निरङकुस राणा शासनको समयमा पनि उच्च शिक्षा हासिल गरेर समाज सोवामा लाग्नुभएकी थापा सालिन स्वभाव भएकै कारणले समाजमा छुटै पहिचान बनाउन सफल भएको शाक्यले बताइन् ।

समाज सेवाको क्षेत्रमा ठूलै परिर्वतन ल्याउन सफल हुनुभएकी थापाले सिंगो समाजलाई परिर्वतन गर्नुभएकाे छ । कार्यक्रममा वरिष्ठ पत्रकार टंक पन्तले सवित्री थापाको सामाजिक कार्यको प्रशंसा गर्दै थापा नेपाली महिलाको लागि प्रतीकको रुपमा रहेकी बताए ।

सिंगो समाज परिर्वतन गर्ने अठोट राख्न्नुभएकी थापाले महिलाको प्रतिनिधित्व गरेर धेरै समाजिक कार्यहरु गरेकी छन्।

गोविन्दप्रसाद दुलालद्वारा लिखित सो पुस्तकबाट पछिल्लो पुस्ताले धेरै कुरा सिक्न सक्ने लेखक दुलालले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×