बलिउडमा डेब्यु गर्दै सामन्था

काठमाडौँ - दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनी बलिउड चलचित्र पारखीमाझ पनि चर्चित छिन्। उनका फ्यानहरू लामो समयदेखि सामन्थालाई बलिउडमा डेब्यु गरेको हेर्न आतुर छन्।

अब भने दक्षिण भारतीय सुपरस्टार सामन्थाले चाँडै नै बलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। भारतीय सञ्चार माध्यमका अनुसार सामन्था आयुष्मान खुरानाका साथ चाँडै नै बलिउडमा पाइला राख्दैछिन्।

तेलुगु र तमिल चलचित्र क्षेत्रमा चिनिएकी सामन्था यसअघि मनोज बाजपेईको वेव सिरिज ‘फेमिली मेन २’ मा देखिएकी थिइन्। त्यहींदेखि उनको बलिउड इन्ट्रीलाई महत्वका साथ हेरिँदै आएको छ। उनी हरर-कमेडी बलिउड फिल्ममा चाँडै देखिन लागेको जनाइएको छ। अहिलेसम्म नाम नखुलाइएको चलचित्रमा सामन्थाले राजकुमारीको भूमिका निर्वाह गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो चलचित्र राजस्थानको एक लोककथामा आधारित रहने छ।

चलचित्रलाई दिनेश विजानले निर्माण गर्न लागेका हुन्। चलचित्रको निर्देशकमा अमर कौशिकको नाम फाइनल भएको जनाइएको छ। कौशिकले यसअघि ‘स्त्री’ र ‘बाला’जस्ता सुपरहिट चलचित्रको निर्देशन गरिसकेका छन्। सामन्था र आयुष्मानले सम्झौतामा हस्ताक्षर गरिसकेको चलचित्रको सुटिङ आगामी नयाँ वर्षबाट हुनेछ। सामन्थाको चलचित्र ‘यशोदा’ चाँडै नै रिलिज हुन लागेको छ।

अभिनेत्री सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×