व्यक्तिसँग आपत्ति र असन्तुष्टि रहे पनि पदलाई नै बन्धक बनाउनु ठिक नरहेको जबराको भनाइ

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई गरिएको निषेध प्रति गुनासो गरेका छन्। उनले आफू सर्वोच्चमा हाजिर गरेर बिदामा बस्ने तयारीमा रहेका थिए। बुधबार संसद सचिवालयबाट निलम्बन महाभियोग निष्प्रभावी भएको पत्र बुझेर सर्वोच्च जान लागेका जबरालाई सर्वोच्च अदालतबाटै रोक्ने प्रयास गरियो। जसका कारण उनी अदालत जान पाएनन्।

उनले सर्वोच्च अदालत पुगेर आफु केही गर्ने सोचमा नरहेको बताए। उनले आफूलाई न इजलासमा बस्ने उद्देश्य रहेको न त प्रशासनिक काम नै गर्ने मनसुबा रहेको खुलासा गरेका छने। उनले भने, “म त हाजिर गरेर बिदामा बस्ने तयारीमा थिएँ। मेरो सेवा अवधि पनि एक सातामात्रै बाँकी थियो। तर मलाई के कति कारणले रोकियो थाहा छैन।”

उनले सरकारको रवैया कै कारण आफू सर्वोच्च अदालत जान नपाएको र क्वार्टरमा कुनै सुरक्षा व्यवस्था नरहेको गुनासो समेत गरेका छन्। उनले हाल परिस्थिति संवैधानिक दायराभन्दा बाहिर गइसकेको गुनासो समेत गरेका छन्। उनले चोलेन्द्र शमशेर जबरासँग आपत्ति रहन सक्ला, असन्तुष्टि रहन सक्ला, तर प्रधानन्यायाधीश पदलाई नै बन्धक बनाउनु ठिक नरहेको समेत बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×