१७ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने लुहार पक्राउ

बैतडी - १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाटन नगरपालिका–३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लुहारले ती किशोरीलाई मंसिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×