रविजीले गृह मन्त्रालय लिएर बस्न मिल्दैन : डा. शेखर कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् । पार्टी निकट वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताए ।

कोइरालाले भने, ‘उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस् । त्यति बेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन ।’ लामिछाने गृहमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने दावी गरे । उनले भने, ‘गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ ? नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी र सांसदले नभई प्रहरीले गर्ने बताएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×