टी-२० विश्वकप: आज इंग्ल्याण्ड र श्रीलंका भिड्दै

काठमाडौँ - अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर-१२ को समूह एको अन्तिम खेलमा इंग्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।

यो खेलले माथिल्लो चरणमा पुग्ने १ टोलीको टुङ्गो लगाउनेछ। यो समूहबाट यसअघि नै न्युजिल्याण्ड सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ। त्यस्तै श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान बाहिरिने पनि पक्का भएको छ।

शनिबार हुने खेलमा इंग्ल्याण्डले जित हात पारेको अवस्थामा अष्ट्रेलियालाई स्तब्ध पार्दै उसले माथिल्लो चरणमा स्थान बनाउनेछ। समूहको शीर्ष स्थानमा रहेका युजिल्याण्ड र अष्ट्रेलिया दुवैको ५ खेलबाट समान ७ अंक रहेको छ।

यद्यपि शुक्रबार भएको खेलमा झिनो अन्तरको जित हात पारेपछि भने नेटरनरेटमा अष्ट्रेलिया कमजोर बनेको छ। ४ खेलबाट ५ अंक हात पारेको इंग्ल्याण्ड नेट रनरेटमा अष्ट्रेलियाभन्दा अगाडि रहेको छ।

अब इंग्ल्याण्डको लागि माथिल्लो चरणमा पुग्न शनिबारको खेलमा जित हात पारे पुग्छ। इंग्ल्याण्डको हारले भने अष्ट्रेलिया समूह उपविजेताको हैसियतमा माथिल्लो चरणमा पुग्नेछ। शनिबारको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×