इन्जिनियर एशोसिएशनको मतदान जारी

काठमाडौँ - नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ।

एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भइरहेको छ। निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ। सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले इ. डा. हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ। उक्त उम्मेदवारीप्रति रुष्ट बन्दै कांग्रेसकै  दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ।

यस्तै, नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका इ. डा. सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट इ. डा. हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका इ राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन समिति संयोजक इ घनश्याम भट्टराईले बिहान ९ बजेदेखि सुरु भएको मतदानमा हालसम्म काठमाडौँमा मात्र दुई हजारभन्दा बढी मत खसिसकेको जानकारी दिए। निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको र  काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन्।देशभरका १४ स्थानमा बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । देशभर २१ हजार ६८० मतदाता छन्।

निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने एशोसिएशनले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×