काठमाडौँ। लेखक विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लेखिएको पुस्तक ‘श्वेत पर्वत’ आज बजारमा आएको छ। भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरूङले लोकार्पण गरे। तीसय सत्ताइस पृष्ठको उक्त पुस्तकमा मनाङ र मुस्ताङमा मानव सभ्यताको विकास १० हजार वर्षदेखि भएकाले त्यहाँको मावन सभ्यताको अनुसन्धान गर्नु आवश्यक भएकामा जोड दिइएको छ। उपकुलपति गुरुङले कालिगण्डकीको करिडोर नै मानव सभ्यताको उद्गमस्थल भएकाले त्यहाँको अध्ययन हुनुपर्ने आवश्यकता औँल्याए। वरिष्ठ पत्रकार प्रा रामकृष्ण रेग्मीले यस पुस्तकमा उठाइका विषयमा प्रदेश सरकारले चासो देखाउनुपर्ने धारणा व्यक्त गरे। लेखक पराजुलीले विभिन्न धार्मिकग्रन्थ र विदेशी लेखकका पुस्तक समेतको आधार लिएर यो पुस्तक लेखिएको जानकारी दिए।