श्रममन्त्री अर्यालको चेतावनी- कुन नेताले सहकारीबाट पैसा झिकेर गाडी किन्यो भनेर खोज्न नपरोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताबारे खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका मन्त्री अर्यालले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘कुन नेताले कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् ।’ उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले पहल नगरेको बताए ।

मन्त्री अर्यालले कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? प्रश्न गदै भने, ‘आजसम्म यो देशमा सहकारीको समस्या समाधानका लागि कुन चाहीँ राजनीतिक दलले के ग¥यो ? कुनचाहीँ राजनीतिक दलले आज सदनमा समाधानको उपाय बोल्यो ? होइन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी । तपाईहरु जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति कुरा गरिरहनुभएको छ । एकपटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ । ती सहकारीको अवस्था के छ र तपाईले के गर्नुभयो आजसम्म ?’

उनले सहकारीसँग जोडेर रास्वपाको टिप्पणी गर्ने सांसदहरुर्ला भने, ‘सांसदज्युहरुलाई, ति नेतृत्वलाई विनम्र अनुरोध छ । हामी सहकारीको समस्या समाधानको लागि काम गरौँ । सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने कि मान्छेलाई जेलमा कोचेर उनीहरुको पैसा फिर्ता नगर्नेतिर जाने हो ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×