काठमाडौँ – सप्तरी जिल्ला कारागारबाट भाग्न खोजेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयका अनुसार राजविराजस्थित कारागार कार्यालयमा नियन्त्रण उपायमार्फत कैदीलाई रोकिएको हो।
जेनजी प्रदर्शनपछि मुलुकभरका २५ वटा कारागारबाट करिब १० हजार कैदीबन्दी फरार भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीले जानकारी दिए। सुरक्षा निकायहरूले भागेका कैदीलाई नियन्त्रणमा लिन खोजिरहेको बताएका छन्।