नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ - आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले  स्कटल्याण्डमा हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो। सिरिज आगामी जुलाई १० देखि १७ सम्म हुनेछ।

खेल तालिकाअनुसार नेपालले ११ जुलाईमा नामिबियाविरुद्धकाे खेलबाट सिरिजकाे सुरुवात गर्नेछ। यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ।

लिग-२ को अंक तालिकामा स्कटल्याण्ड दोस्रो, नामिबिया पाँचाैँ र नेपाल छैटौं स्थानमा रहेका छन्। अहिलेसम्म १२ खेल खेल्दा नेपालले ६ खेलमा जित र ६ खेलमा हार व्यहोरेको छ।  

लिग-२ अन्तर्गतकै सिरिजका लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा रहेकाे छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×