भारतले न्युजिल्याण्डलाई दियो १९२ रनको लक्ष्य

काठमाडौँ - दोस्रो टी-२० प्रतियोगितामा भारतले न्युजिल्याण्डलाई १९२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन जोडेको छ।

सूर्यकुमार यादवले ५१ बलमा १११ रन बनाएपछि भारतले विशाल योगफल बनाएको हो। इशान किशनले ३१ बलमा ३६ रन बनाए। कप्तान हार्दिक पाण्डेय र श्रेयस एयरले समान १३/१३ रन बनाए। न्युजिल्याण्डका लागि टिम साउथीले ३ र लक्की फर्गुसनले २ विकेट लिए।

दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×