डिफेन्डर ओलेक्सान्डर जिन्चेन्को आर्सनल जाने पक्का

काठमाडोँ - स्ट्राइकर गाब्रियल जेसुस अनुबन्ध गरेको केही हप्तामै इंग्लिस प्रिमियर क्लब आर्सनलले म्यानचेस्टर सिटीका डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोलाई अनुबन्ध गर्ने भएको छ।

गत सिजन सिटीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका दुबै खेलाडी यसपटक लण्डन क्लबमा देखिने पक्का भएको हो। युक्रेनी लेफ्ट ब्याक ओलेक्सान्डर जिनचेन्को सन् २०१६ मा पेप ग्वार्डिओला सिटी आएपछि अनुबन्ध हुने पहिलो खेलाडी बनेका थिए।  

२५ वर्षीय जिन्चेन्को भित्राउन आर्सनल र सिटीबीच ३० मिलियन पाउण्डको सहमति भएको छ। जिनचेन्कोले सिटीका लागि १ सय २८ खेल खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×