काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेल बीच भेटवार्ता भएको छ ।
बुधबार तान्जेन लाक्फेलले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गरेकी हुन्।
भेटका अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।