काठमाडौँ। काइली जेनरको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३० करोड फलोअर पुगेको छ। उनी ३० करोड फलोअर हुने पहिलो महिला बनेकी छन्। पप स्टार एरियाना ग्रान्डेलाई पनि उनले पछाडि पारेकी छिन्। काइली एक रियालिटी टेलिभिजन कलाकार हुन्। पेशाले उनी व्यवसायी र एक कस्मेटिक कम्पनीकी संस्थापक पनि हुन्। इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बरमा आधिकारिक इन्स्टाग्रामको खाता रहेको छ। जसको फलोअर्स चार सय ६० मिलियन छन्। त्गैयसैगरि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो नम्बरमा रहेका छन्, उनलाई तीन सय ८९ मिलियन प्रयोगकर्ताले फलो गरेका छन्। काइली जेनर तेस्रो नम्बरमा रहेकी छन्।
.jpg)