सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं - सशस्त्र प्रहरी परिवार महिला संघको २२ औं वार्षिक साधारणसभा असोज १५ गते विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ । 

सो संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा लामो समयदेखि संघको कार्य समितिमा रहि आफ्नो अमूल्य योगदान दिएका पदाधिकारीहरुलाई संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उनीहरुको योगदानको कदर स्वरुप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुकासाथै मायाको चिनो प्रदान गरेकी थिईन । सो अवसरमा संघकी सदस्य सचिव श्रीमती तुलामाया ठाडामगरले संघको वार्षिक कार्य प्रगति विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती पुजा राजभण्डारीले आर्थिक वर्ष २०७९÷०८० को आय व्यय विवरण प्रस्तुत गरेकी थिईन । संघको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा संघबाट भइरहेका उपलब्धि लगायत विविध विषयमा सो साधारणसभामा छलफल भएको थियो । 

संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुका साथै सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नेदेखि विपद प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशिय सुविधासहितको अध्ययनको व्यवस्था लगायत अन्य विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
सोही अवसरमा संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सशस्त्र प्रहरी परिवार महिला संघले संचालन गरेको आधारभूत सिलाई कटाई तालिम समापन गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेकी थिईन । त्यस्तै संघले यही असोज १० देखि १४ गतेसम्म संघका पदाधिकारीहरुका लागि संचालन गरेको उद्घोषण तालिमको प्रशिक्षकलाई समेत संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले मायाको चिनो प्रदान गरेकी थिईन । 

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा राष्ट्रसेक सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×