चार अंकले घट्यो नेप्से, तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

काठमाडौं - नेप्से घटेको छ । अघिल्लो दिन २१ दशमलव १७ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने चार दशमलव ६२ अंकले घटेर २१ सय ३६ दशमलव ३५ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७६ अंकले घटेर तीन सय ७७ दशमलव ४५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २४ वटा कम्पनीह्रुको ५९ हजार नौं सय ७४ पटकको कारोबारमा एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक छ दशमलव ६१ अंकले बढेर २५ सय ४८ दशमलव ४१ अंकमा चढेकोमा लघुवित्त समुहको सुचक पनि ४२ दशमलव ८३ अंकले बढेर चार हजार छ सय ५६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य आठ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने दुई दशमलव १० अंकले घटेर ११ सय ४१ दशमलव १७ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १५ दशमलव ९४ अंकले घटेर चार हजार तीन सय ६१ दशमलव ६२ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि १० दशमलव ४० अंकले घटेर २५ सय ९५ दशमलव ६० अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव ११ अंकले घटेर १० हजार तीन सय एक दशमलव ८१ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव ११ अंकले घटेर १० हजार आठ सय ४० दशमलव ४६ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड परेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×