लमजुङमा तोकिएको भन्दा बढी भाडा लिने चार गाडी प्रहरीको नियन्त्रणमा

लमजुङ - लमजुङमा तोकिएको भन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेँशीसहरका लागि छुटेका तीनवटा माइक्रोबस र  एउटा बसलाई नियन्त्रण लिएको हो। काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ। 

बढी भाडा लिने बस र चालकलाई  कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ। १० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×