हिरोपछि एक्टर बन्ने प्रदीपको सपना

काठमाडौँ - नेपाली चलचित्र वृत्तमा अहिले कलाकार प्रदीप खड्काको राम्रै चर्चा छ। उनलाई फिल्म 'प्रकाश' ले राम्रै चर्चा दिलाएको हो। यो फिल्मको शीर्ष भूमिकामा अभिनय गरेका प्रकाश फिल्मका पोस्टर र टिजरका कारण चर्चामा आएका हुन्। 

चर्चामा थप मसलाको काम गरेको छ फिल्मका लागि उनले गरेको मेहनतले। दिनेश राउतले निर्देशन गरेको यो फिल्मका लागि प्रदीपले विभिन्न वर्कसप गरिरहँदा उनकी आमाले फिल्म लाइन नै छोड्न गरेको आग्रह पनि अहिले चर्चाको विषय बनेको छ।

अगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको अहिले प्रचारको काम राम्रै भइरहेको छ। प्रचारकै क्रममा फिल्म युनिटले आयोजना गरेको कार्यक्रममा प्रकाश निकै परिपक्व सुनिए। उनले पहिला हिरो बनेको र अब एक्टर बन्ने लक्ष्य रहेको प्रदीपले सुनाए।

उनले 'तिमी हिरो बन्छौ त' भन्ने प्रश्नबाट सुरु भएको फिल्मी करिअरमा कस्तो फिल्म खेल्नु पर्छ भनेर आफूलाई सुरुवाती दिनमा थाहै नभएको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×