विश्वकप इतिहासमा अर्जेन्टिनाः सेमिफाइनल पुगेपछि फाइनल यात्रा सुरक्षित

काठमाडौँ - विश्वकप फुटबलको पहिलो सेमिफाइनलम दुईपटकको विजेता अर्जेन्टिनाले मंगलबार साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ। अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर विश्वकपमा छैटौँपटक अन्तिम चारमा स्थान बनाएको हो। अर्जेन्टिनाले विश्वकपमा सेमिफाइनल पुगेर फाइनल नपुगेको इतिहास छैन.

अर्जेन्टिना सन् १९३० मा आयोजना भएको पहिलो विश्वकपमै फाइनलसम्म पुगेको थियो। सेमिफाइनलमा अमेरिकालाई ६-१ गोलले हराएको अर्जेन्टिना उपाधि भिडन्तमा उरुग्वेसँग ४-२ गोलले पराजित भएको थियो। त्यसयता अर्जेन्टिना सन् १९७८ को विश्वकपमा विजेता बन्यो।

त्यतिबेला दोस्रो चरणमा रहेका २ वटा समूहका विजेताबीच उपाधि भिडन्त गराइएको थियो। सन् १९८६ को विश्वकप उपाधि जित्नेक्रममा अर्जेन्टिनाले सेमिफाइनलमा बेल्जियमलाई २-० गोलले हराएर फाइनल यात्रा तय गरेको थियो। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना इटालीलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो।

त्यसयता अर्जेन्टिनालाई सेमिफाइनल पुग्न २४ वर्ष लाग्यो। सन् २०१४ मा आयोजना भएको विश्वकपमा सेमिफाइनल पुगेको अर्जेन्टिना यसपटक पनि फाइनल पुग्नबाट चुकेन। त्यतिबेला नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले जर्मनीसँगको उपाधि भिडन्त तय गरेको थियो।

यसरी हेर्दा ६ पटक सेमिफाइनल पुग्नेक्रममा अर्जेन्टिना ती सबैमा फाइनल पनि पुग्यो तर ४ पटक उपविजेतामै सीमित बनेको थियो। अर्जेन्टिना ३५ वर्षयता विश्वकप उपाधिविहिन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×