हराएको विमान खोज्न कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तीव्रता दिन गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान घोडेपानी क्रस गरेपछि सम्पर्कविहीन भएको थियो। स्थानियहरुले विमान लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखेको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले जानकारी दिएका छन्। गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको छ।

यसैगरी जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट परिचालन भएको छ भने काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडिसकेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×