काठमाडौँ - सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ। यसका लागि सलमानले आफ्नो पारिश्रमिक ३ गुणा बढाउन माग गरेका थिए। उनले ३ सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए।
'बिग बोस १५' होस्ट गर्नको लागि सलमानले ३५० करोड भारु लिएका थिए। नयाँ सिजनका लागि सलमानले निर्मातासँग १०५० करोड रुपैयाँ मागेको भारतीय मिडियाको भनाइ छ।
तर निर्माताहरुले त्यत्रो रकम दिन नसक्ने जवाफ सलमानलाई दिएका थिए। अहिले आएर ओभरसीज सेन्सर बोर्डका सदस्य उमेर सन्धुले आफ्नो ट्वीटमा सलमानले बिग बोस १६ को लागि ८०० करोड भारु पारिश्रमिक लिने सम्झौता भएको दाबी गरेका छन्।
कार्यक्रममा सहभागी हुने प्रतियोगीहरुको बारेमा पनि केही नामहरु बाहिर आएका छन्। जसका अनुसार यो सूचीमा दिव्यांका त्रिपाठीको नाम पनि परेको छ।
मिडिया रिपोर्टका अनुसार दिव्यांकालाई शोको लागि अप्रोच गरिएको। यसबाहेक जन्नत जुबैर, ‘ये रिश्ता क्या कहलाता है’ मा नायराको भूमिकी निभाएका शिवांगी जोशी र माही विजको नाम पनि चर्चामा रहेको छ।