राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन्। मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन्। 

अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो। 

स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×