माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै,समितिलाई पूर्णता दिने तयारी

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार(आज) बस्दैछ।  बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले बताएका छन्। शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा छलफल भएको थियो।

गत पुस  १८ गते  माओवादीको आठौँ  महाधिवेशन सम्पन्न भएको थियो।  महाधिवेशनले २९९ केन्द्रीय सदस्यमा २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यस यता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन। आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×