काठमाडौँ l अभिनेता दयाहाङ राईको आउँदो चलचित्र ‘गाउँ आएको बाटो’बाट उनको पहिलो झलक सार्वजनिक गरिएको छ l निर्माण पक्षले शनिवार सुटिङ सेटबाट उनको पहिलो झलक सार्वजनिक गरेको हो l
नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङको अलावा पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदि कलाकारहरुको पनि अभिनय रहेको छ l अमोद राई निर्माता रहेको चलचित्र मार्किन कापरोनले फिल्मको छायांकन गरिरहेका छन् l चलचित्रमा नवीन सुब्बाको कथा रहेको छ l