एमालेको सामाजिक सेवा केन्द्रको घोषणा

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गरेका छन्। कोही पनि नागरिक खान नपाएर भोकै बस्नु नपरोस् र उपचार गर्न नपाएर मर्न नपरोस् भन्ने मानवीय भावनाका साथ आज सुरु गरिएको केन्द्रले सामाजिक क्षेत्रमा सहयोग गर्नेछ। 

अध्यक्ष ओलीले केन्द्रको घोषणा गर्दै सर्वे भवन्तु सुखिनःको पवित्र भावनाका साथ सामाजिक कार्यमा लाग्न पार्टीका सबै सदस्य र सहयोगीमा आग्रह गर्दै समस्यामा परेका व्यक्तिले एमालेलाई सम्झनुपर्ने बताए।

एमालेको उद्योग व्यवसाय विभागका प्रमुख मोतीलाल दुगडले टोलटोलमा निःशुल्क भोजन, स्वास्थ्य शिविर, अपराधपूर्ण क्रियाकलापबाट पीडितको उद्धारलगायतका क्षेत्रमा निरन्तर सेवा गर्ने बताए। सो कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेता र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×