सिके राउत पुगे दिल्ली

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारतको दिल्ली पुगेका छन्। देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी आज दिल्ली पुगेका हुन्।

उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ। सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ।

उनी यसअघि जेठको दोस्रो साता दिल्ली पुगेका थिए। त्यहाँ उनले भाजपाका केही नेतासँग भेटघाट गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×