नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ - एसियन कप छनोटको तयारीमा रहेको नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल्न लागेको कतार फुटबल संघले जनाकारी दिएको छ। यसअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल हुने भनिएको थियो। तर, खेल रद्ध भएको हो।

कतारले बुधबार निकालेको तालिकाअनुसार नेपालले पहिलो खेल २८ मेमा टिमोर लिस्टेसँग खेल्ने छ। यो खेल स्थानीय समयअनुसार साँझ सात बजेबाट ग्राण्ड हमाद सेटडियमा हुनेछ।

ओमानसँग हुने दोस्रो मैत्रीपूर्ण खेल सहिम बिन हमाद स्टेडियममा स्थानीय समय अनुसार साँझ सात बजेबाट जुन ३ मा हुनेछ। एसियन कपको छनोटअघि थप प्रशिक्षणका लागि नेपाली टोली आज कता प्रस्थान गर्दैछ।

छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्। नेपालले आठ जुनमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुवात गर्नेछ। यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध ११ जुन तथा १४ जुनमा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ।

नेपाली टोली
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, सुमन अर्याल विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ
मिडफिल्डरः सुनिल बल, पुजन उपरकोटी, आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यु ठकुरी
फरवार्डः नवयुग श्रेष्ठ (कप्तान), आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की र मनिष डाँगी 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×