काठमाडौँ - चाइनिज सुपर लिग (सीएसएल) आइतबारदेखि एक्सन स्पोर्टस्बाट प्रसारण हुने भएको छ। नेपाली समयअनुसार आइतबार ४:१५ बजे चाइनिज क्लबहरू डालिन प्रो र सान्दोङ टाइसानबीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै, सोमबार ५:१५ मा सेन्जेन र बेइजिङ तथा मंगलबार४ः१५ मा साङ्घाई पोर्टसँग उहान थ्री टाउनले प्रतिस्पर्धा गर्नेछ।
४ चरणमा विभाजन गरी खेलाइएकोे चाइनिज सुपर लिग (सीएसएल) कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सीएसएलमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ। आइतबारदेखि पहिलो चरणको १०औं राउन्डको खेलहरू एक्सन स्पोर्टस्ले प्रसारण गर्न लागेको हो।
यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडीहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन्।
ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रसारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एचडी वान र एचडी टु च्यालन मार्फत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु प्रसारण गरिरहेको छ।