काठमाडौँ। बलिउड अभिनेता मनोज बाजपेईले आफ्नो आउँदो चलचित्र 'गुलमोहर'को शूटिंग सुरु गरेका छन्। यो कुराको जानकारी उनले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर दिएका हुन्। उनले लेखेका छन् "फिल्म शुरू, नयाँ महौल....नयाँ वातावरण। हावामा अलिकति नर्वसनेस पनि छ र उत्साह पनि। मलाई शुभकामना दिनुहोस्।" यो चलचित्र राहुल वी चित्तलाको निर्देशनमा बन्नेछ। गुलमोहरमा मनोजका अलावा शर्मिला टेगोर, सूरज शर्मा र तलत अजीज पनि देखिनेछन्।
Filming begins….!!! New film..New atmosphere…!nervousness & excitement in the air!!wish us luck!!❤️ @Foxstarstudio @rahulchittella #SurajSharma #SharmilaTagore #Simran #Talataziz #Ishitnarayan #kaveri #Utsavi pic.twitter.com/HwnomYkWbP
— manoj bajpayee (@BajpayeeManoj) March 12, 2022