काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्यहरुलाई राजनीतिक प्रशिक्षण दिने भएको छ। पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिन लागेको हो।
प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ। नाम दर्ता गर्न एक हजार शुल्क लाग्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पार्टीले सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ। साथै राप्रपाको जिल्ला स्तरका प्रशिक्षण कार्यक्रमहरु पनि जारी रहेको प्रशिक्षण विभाग सदस्य सचिव दीनेशकुमार कार्कीले जानकारी दिएका छन्।