काठमाडौँ - जतिजति टि-२० को खेलको संख्या बढ्दै गएको छ त्यति नै खेलाडीहरु चोटग्रस्त हुने क्रम बढेको छ। चोटको कारणले नै भारतीय २ क्रिकेटर जसप्रीत ब्रुमाह र हर्षल पटेलले एसियाकप गुमाउने भएका छन्।
ब्रुमाहले चोटकै कारण २ वर्षमा ८२ खेलमा ५० खेल गुमाएका छन्। यो लगभग ६१ प्रतिशतको हाराहारीमा रहेको छ। टि-२० पछि खेलाडी चोटग्रस्त हुने क्रम लगभग १० प्रतिशतले बढेको १ अध्ययनले जनाएको छ।
यसमा पनि सबै भन्दा धेरै तिब्र गतिका बलरले चोट बोक्नुपरेको छ र उनीहरु चोटग्रस्त हुने क्रम १८ प्रतिशतले बढोत्तरी भएको जनाइएको छ। अहिले २८ अन्तराष्ट्रिय क्रिकेट खेलाडी चोटका कारणले मैदान बाहिर रहेका छन्।
क्रिकेट अष्ट्रेलियाले गरेको १ अध्ययनका अनुसार पेसर बलर चोटग्रस्त हुने क्रम साडे २ गुणाबाट बढेर ६ गुणा भन्दा माथि रहेको छ। पाकिस्तानी पूर्व तिब्रगतिका बलर शोयब अख्तरले आफु घुँडाको चोटका कारणले गर्दा करियरबाट चाडै विश्राम लिनुपरेको थियो। उनी अझै ४/५ वर्ष क्रिकेट खेल्न सक्ने थिए।
भारतीयको आंकडा हेर्ने हो भने लगातरको अन्तराष्ट्रिय क्रिकेट र आइपीएलका कारणले गर्दा खेलाडीहरुले चोट बोक्ने क्रम बढेको छ। पछिल्ला २ वर्षमा भारतका १७ खेलाडीले चोट बोकेका छन्। रोहित पनि हालै भएको वेष्टइन्डिजविरुद्धको अन्तिम टि-२० खेलमा चोटका कारणले चल्न सकेनन्।
यस्ता चोट भारतका लागि चिन्ताको विषय बनेको छ किन की उसले यसवर्ष अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्दै छ। २५ खेलाडी सम्मिलित टोलीले लगातार २० खेल खेल्दा १८ चोटको रिपोर्ट भएको एक अध्ययनले पाएको छ।
यसका अलवा ९ पतिशत खेलाडी कुनै न कुनै चोटबाट गुज्र्रिरहेका हुन्छन्। तिव्रगतिको बलरमा भने यो १५ प्रतिशत रहेको छ। चोटका कारणले तिब्रगतिका बलरले स्पिनरभन्दा १० प्रतिशत बढी खेल गुमाउने गरेका छन्। तिब्र गतिका बलर चोटग्रस्त हुने क्रम १४ प्रतिशत रहेको छ भने स्पिनरको जम्मा ४ प्रतिशत रहेको छ।
एक अध्ययनका अनुसार खेलपछिको १ सय दिनमा चोट बोक्ने सम्भावना ३.३ प्रतिशत रहँदा १० हजार बल फेस गरेको ब्याट्सम्यानको सम्भावना २.२ प्रतिशत रहेको छ। चोटको प्रमुख कारणको रुपमा वर्कलोडलाई लिइएको छ।