काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन्। बेलायततर्फ जाने क्रममा थापा कतार एयरवेजको विमानबाट दोहा पुगेका छन्।
करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुन सक्ने बताइएको छ।
भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता थापा पनि सँगै रहनेछिन्।