एमसीसी पास नगरे देश ठूलो द्वन्द्वमा फस्छ - बाबुराम भट्टराई

काठमाडौँ  - अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ समीकरण बनाएरै भएपनि पास गर्नुपर्ने बताएका छन्। 

अहिलेको परिस्थितिमा गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्ने कुरा सम्भव देखिँदैन। पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसिसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन्। जसपाभित्र पनि दुई धार छ। गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन।

यस्तोमा भट्टराईले नयाँ समीकरण बनाएरै भएपनि पास गर्नुपर्ने बताएका छन्। तर नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ। यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन्। यस्तो परिस्थितिमा गठबन्धन भत्काएर भएपनि एमसीसी पास गर्नुपर्ने नत्र यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ भट्टराईको भनाई छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×