ज्येष्ठ कम्युनिष्टलाई सम्मान गरिँदै

काठमाडौँ -  नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ।

सो पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो। यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो। विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ।

विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×