खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला

काठमाडौँ - पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ। 

गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशालाको स्तरोन्नति गरिएको हो। यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो। परीक्षणको दायरा फराकिलो बनाएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। यसअघि, स्वास्थ्य परीक्षणका लागि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता थियो। स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेपछि सदरमुकाम सेवाका लागि जानुपर्ने समस्या टरेको हो। 

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकामा एक मात्र प्राथमिक स्वास्थ्य चौकी रहेकाले नागरिकको स्वास्थ्य परीक्षणको दायरा वृद्धि गरी सहज बनाएको बताए। बिरामीहरूले सदरमुकाम तानसेन धाउँदा स्वास्थ्य बीमा सिफारिशको समस्यासमेत रहेको थियो। प्रयोगशालामा परीक्षणको व्यवस्था गरेसँगै बीमाको सिफारिशको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष जिसीले बताए।

प्राथमिक स्वास्थ्य चौकीको प्रयोगशालाको स्तरोन्नतिपछि बिरामीको चाप बढ्नेछ। गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको उपचारको व्यवस्था गरेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×