राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा पुगेको छ। विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका छन्।

नवौँ संस्करण गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुँदैछ। त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक ट्रफी टुर आयोजना गरेको हो। प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरी ८ सय २० जनाको सहभागिता रहने जानकारी दिएका छन्। उनका अनुसार प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता थियो।

यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौँडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×