फ्रेन्च ओपन: जोकोभिच र नाडाल चौथो चरणमा

काठमाडौँ - स्लोभाकियाका एल्जाज बेडेनीमाथि ६-३,६-३,६-२ को सहज जितसहित साविकको विजेता नोभाक जोकोभिच फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन्।

नाडालले शुक्रबार राति चौथो चरणमा प्रवेश गर्ने क्रममा बोटिक भान डी जान्स्लुपमाथि ६-३,६-२,६-४ को जित निकाले। नाडालले चौथो चरणमा आइतबार क्यानडाका फेलिक्स औगर अलियास्मीसँग प्रतिस्पर्धा गर्नेछन्।

करङको चोटका कारण करिब दुई महिना कोर्ट बाहिर रहेका नाडाल अहिले विरियताको पाँचौ स्थानमा छन्। जोकोभिचले भने अन्तिम १६ मा अर्जेन्टिनाका डिएगो स्वार्चम्यानसँग प्रतिस्पर्धा गर्नेछन्।

क्ले कोर्टका बादसाह मानिने ३५ वर्षीय नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन्। नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन्। यस्तै विश्व नम्बर १ नोभाक जोकोभिक पनि यो पटक उपाधि दाबेदारीमा अब्बल मानिएको छ। सम्भवतः यी दुईबीच क्वार्टरफाइनलमा नै भिडन्त हुने सम्भावना बलियो रहेकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×