काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमवार) बस्ने भएको छ ।
आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले १५ सदस्यीय पदाधिकारीको चयन गर्ने जनाइएको छ ।
आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नुभएको २३६ सदस्यीय केन्द्रीय समितिको नामलाई हलले पास गरेको थियो ।
त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।