काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा भएको ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली चलचित्रले अवार्ड हात पारेका छन्। आइतबार भएको २० औँ संस्करणको अवार्ड कार्यक्रममा दुई नेपालीचलचित्रले उत्कृष्टताको अवार्ड पाएका हुन्।
पहिलो चलचित्र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ र दोस्रो किरण पोखरेलको ‘पुतलीको सपना’ रहेको छ। ‘ऐना झ्यालको पुतली’का निर्देशक बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने निर्माणाधिन ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार पाएको हो।