रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवारीका लागि २५ हजार शुल्कसहित आवेदन खुला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। आइतबार पार्टीले जारी गरिएको विज्ञप्तिअनुसार योग्य सदस्यहरूले प्रत्यक्ष निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिन सक्ने व्यवस्था मिलाइएको छ।

पार्टीले उम्मेदवार आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ। उम्मेदवारी आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत दिने सुविधा उपलब्ध गराइएको छ।

आर्थिक कारणले शुल्क तिर्न नसक्ने तर योग्यता पुगेका सदस्यहरूले भने आवश्यक कागजातसहित आफ्नो आवेदन पार्टीको केन्द्रीय कार्यालय वा इमेल मार्फत उम्मेदवार छनोट समितिमा पेस गर्न सक्नेछन्।

मंसिर २१ गतेदेखि आवेदन खुला गरिएको र निर्धारित मापदण्डअनुसार उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×