शक्तिशाली आँधीपछि जापानका ३० लाख बासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध

काठमाडौँ - शक्तिशाली आँधीका कारण दक्षिण पश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ। 

आइतबार शक्तिशाली टाइफुन नान्माडोल नामक आँधी उक्त क्षेत्रतर्फ प्रवेश गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गरेका हुन्। आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ। आइतबार बिहानसम्म कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुली विहीन भएका छन्। त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडान र फेरी सेवा पनि रद्द गरिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×