भारत। बलिउड अभिनेत्री सारा अली खानले हालै विक्की कौशलसँग आफ्नो आउँदो अनटाइटल्ड चलचित्रको शूटिंग सकेकी छिन्। शूटिंग सकिएपछी सारा आफ्नो भाई र साथीहरुसँग छुट्टी मनाउन कश्मीर गएकी छिन्। साराले अहिले कश्मीरबाट आफ्ना भाई इब्राहिम अली खान र साथीहरुसँग खिचेको केहि तस्विरहरु सामाजिक सञ्जालमा राखेका छिन्। उनले लेखेकी छिन्, "घर त्यहिँ जहाँ साथीभाई हुन्छन्।" सारा घुम्नको निकै शौखिन छिन्। प्राय उनी छुट्टीमा इब्राहिमसँगै देखिने गरेकी छिन्।