युरोपा लिगमा आर्सनलकाे सहज जित

काठमाडौँ - युरोपा लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब आर्सनलले जित हात पारेको छ। उसले समूह ‘ए’ अन्तर्गतको खेलमा नर्वेजियन क्लब बोडो ग्लिमटविरुद्ध ३-० को सहज जित हात पारेको हो।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन एडी एनकेटिया,रोब होल्डिङ र फाबियो भिएराले १/१ गोल गरेका थिए। खेलको २३ औं मिनेटमा एनकेटियाको गोलमार्फत आर्सनलले अग्रतालिएको थियो। २७ औं मिनेटमा होल्डिङले टोलीको अग्रता दोब्बर बनाएका थिए।

८४ औं मिनेटमा भिएराले गोल गरेपछि आर्सनलले ३-० को सहज जित निकालेको हो। जितसँगै २ खेलमा ६ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहँदा पराजित बोडो ३ खेलमा ४ अंकका साथ दोस्रोमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×