रियल म्याड्रिड छाड्दै मार्सेलो

काठमाडौँ - स्पेनिस क्लब रियल म्याड्रिडका भेट्रान ब्राजिली डिफेन्डर मार्सेलोले क्लब छाड्ने भएका छन्। शनिबार राति च्याम्पियन्स लिगको उपाधि जितेसँगै मार्सेलोले रियल छाड्ने पुष्टि गरेका हुन्।

पेरिसमा रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो।  ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलोको रियलसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ। बढ्दो उमेर र खस्कदो प्रदर्शनका कारण उनी क्लबको योजनमा रहेका छैनन्।

ब्राजिलियन फुलब्याक लस ब्लान्कोसबाट उनि आफ्नो इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन्। खेलपछि मार्सेलोले भने ‘यो धेरै राम्रो क्षण हो। जब तपाइँ पहिलो कप्तान हुनुहुन्छ तपाइँ कप उचाल्ने सपना देख्नुहुन्छ र म रियल म्याड्रिडको कप्तानको रूपमा च्याम्पियन्स लिग जित्ने एक मात्र ब्राजिलियन बनेको छु।’। तर यो समाचार ब्राजिलियनको करियरको अन्त्य होइन, जो ३४ वर्षको उमेरमा आफ्नो करियरलाई अन्यत्र जारी राख्न खोज्दैछन्।

‘भावना क्रुर छ, यो रियल म्याड्रिडसँग मेरो अन्तिम खेल थियो। तर म धेरै खुसी छु। यो दुःखको दिन होइन, म धेरै आनन्द लिएर जाँदैछु, प्रशंसकहरू र मैले अनुभव गरेको जादुयी रातहरूप्रति आभारी छु।' उनले भने।

सन् २००७ मा रियल म्याड्रिडमा आएका मार्सेलोले १५ वर्ष रियलबाट खेल्दा २५ उपाधि जितेका छन्। जसमा १३ उपाधि स्पेनभित्र र बाँकी १२ उपाधि अन्तर्राष्ट्रिय स्तरमा छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×