आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×