नक्कली नियुक्तिपत्र दिई ठगी

काठमाडौँ। नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ। आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको नक्कली कागजात देखाएर ठगी गरिरहेको गोप्य सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सीता प्यालेस होटल अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×