काठमाडौँ -आईसीसी टी-ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ।
बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो। आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ। पाकिस्तानले सन् २००९ मा विश्वकप जितेको थियो।
यता इङ्ल्यान्डको लक्ष्य पनि दोस्रो उपाधि हुनेछ। इङ्ल्यान्डले सन् २०१० को विश्वकप जितेको थियो। पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै फाइनल पुगेको थियो भने इङ्ल्यान्ड भारतलाई हराउँदै फाइनल पुगेको थियो।